युवा संजालको अग्रसरतामा बाल विवाह न्यूनीकरण सम्वन्धि अभिमुखीकरण कार्यक्रमको आयोजना ।

२०७८ चैत्र २१ – मकवानपुर गढी २ मा रहेको सक्षम युवा संजालको आयोजना ग्रामीण महिला सेवा केन्द्रको समन्वय तथा मकवानपुरगढी वडा नं २ को आर्थिक सहयोगमा २ दिने बाल विवाह न्यूनीकरण सम्वन्धि अभिभावक अभिमुखीकरण कार्यक्रम आज बाट बासपानी मा सुरु भएको छ ।

संजालकी अध्यक्ष रुपा तिमल्सिनाको सभाध्यक्ष मकवानपुरगढी गाउपालिकाकी उपाध्यक्ष हर्क माया रुम्बाको प्रमुख आथित्यमा  मकवानपुरगढी वडा नं २ का वडा अध्यक्ष बखान सिं पाख्रिनको बिशिस्ट आथित्यता रहेको थियो  कार्यक्रमा बासपानी टोल विकाश संस्था एबं महाकाली दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम चन्द्र तुम्सिंग अदुवा खर्क तल्लो छाप ताल्चे टोल विकाश संस्थाका संयोजक गुणराज तिमल्सिना समाजसेवी कृष्ण प्रसाद पुडासैनी तथा ग्रामीण महिला सेवा केन्द्रका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्नुहुदै वडा नं २ का वडा अध्यक्ष पाख्रिनले बालमैत्री स्थानीय शासनलाई थप मजबुद बनाउने र आगामी दिनको बजेट निर्माण प्रकियामा संजालका सदस्यलाई सहभागी गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रमकी प्रमुख अथिति एबं पलिकाकी उपाध्यक्ष हर्क माया रुम्बाले यस २ दिने कार्यक्रमको समयलाई ख्याल गरि आफुले सिकेका कुरा आफ्नो अन्य समुदायका व्यक्तिलाई सिकाउन समेत आग्रह गर्नुभयो भने उद्घाटन कार्यक्रमको संचालन संजालकी कोषाध्यक्ष दिपा तिमल्सिनाले गर्नु भएको थियो ।

यस दुई दिने कार्यक्रमको सहजीकरण सहजकर्ता झविन्द्र ज्ञावली र पालिका कानुनी सहजकर्ता रामशरण लामिछानेले गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin