हेटौडामा ३ दिने सहजीकरण सिप विकाश तालिम सम्पन्न ।

२०७८ चैत्र २२ -प्लान ईन्टरनेशनल नेपालको आयोजनामा हेटौडामा ३ दिने सहजीकरण सिप विकाश तालिम सम्पन्न भएको छ ।

ग्रामीण महिला सेवा केन्द्र हेटौडा बाट संचालन भैरहेको परिवर्तनका संवाहक सहजीकरण कक्षाका सहजकर्ताहरुलाई कार्यक्रममा सहभागी गराइयो हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्लान ईन्टरनेशनल नेपालको नेतृत्व र निर्णय कार्यक्रम विशेषज्ञ प्रशुन राईले सम्पूर्ण सहजकर्ताहरूले आफ्नो परिवर्तनका संवाहक कक्षा सहजिकरणमा नया आयाम थप्ने आशा राखेको बताउनुभयो ।

काठमाण्डौ तालिम केन्द्रका सहजकर्ता द्वय राज बहादुर गिरी र पद्मा शाक्यले सहजीकरण गर्नुभएको थियो भने तालिम शनिवार आईतवार र सोमबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *