२८ चैत्र २०७८
मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २४ औ स्थापना दिवस रक्तदान र जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरेर मनाएको छ ।
बागममी प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता र सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन ।
साथै सहकारीले स्थापना दिबसको अबसरमा ९ जना सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान गरेको छ । सम्मानित हुने ज्येष्ठ सदस्यहरुमा पुर्ण कुमारी श्रेष्ठ, गुन कुमारी सापकोटा, ईन्द्र कुमारी खड्का , प्रेमकुमारी दहाल , सानुमाया थिंङ क , सुन्तली माया थिङ ,चित्र कुमारी बजगाँई , चन्द्रमाया घिमिरे र चन्द्रमाया बिश्वकर्मा रहेका छन ।
कार्यक्रममा बागममी प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटा , जील्ला बचत तथा ऋण सहकारी संघका बिरेन्द्र प्रसाद ढुङ्गाना , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे , श्री भानु माध्यामिक बिधालय ब्यबस्थापन समिति अध्यक्ष मानकुमारी पाख्रिन , कालीदेबि दुग्ध उत्पादक सहकारीका अध्यक्ष बिक्रम योन्जन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी तथा शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।