३ बैषाख २०७९
मकवानपुरगढी गाउँपालीकामा अटो ब्यबस्थापन समुह गठन भएको छ । मकवानपुरगढी ३ मक्रान्चुलीमा अटो सन्चालकहरुको भेलाले कृष्ण प्रसाद बन्जाराको अध्यक्षतामा आटो ब्यबस्थापन तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा ठाकुर न्यौपाने, सचिव सुदर्शन अर्याल , सह सचिव सिताराम सापकोटा, कोषाध्यक्ष राम दहाल , सदस्यहरुमा कमल लोप्चन, दिनेश मगर, रामकृष्ण न्यौपाने, सन्तोस बोलखे, रुपेश चौरेल र मिन बहादुर भ्लोन रहेका छन । भेलाले सचिवालय समिति पनि गठन गरेको छ ।
सचिवालयमा कृष्ण बन्जारा , सुदर्शन अर्याल , राम दहाल, कमल लोप्चन, बिनोद ढुङगाना , नील प्रसाद न्यौपाने, फलुङ लामा रहेका छन । भेलाले लेखा समिति र सल्लाहकार समिति पनि गठन गरेको छ ।मुकुन्द अर्यालको संयोजकत्वमा ३ सदसिय लेखा समित गठन गरीएको छ । लेखा समित सदस्यहरुमा रोमनाथ चौलागाई,नमराज चौलागाई रहेका छन ।यस्तै सल्लाहकार समितिमा निल प्रसाद न्यौपाने , बिनोद ढुङ्गाना, रामबहादुर लोप्चन रहेका छन । भेलाले अटो भाडा पनि निर्धारण गरेको छ । हेटौडाको अटो पार्कबाट भन्ज्याङ सम्म रु ७० , गढी ४ धरमचुली सम्म रु ८०, रुद्रबाटिका सम्म रु ९०, भानु माबि सम्म रु १००, मकवानपुरगढी गाउँपालीका सम्म रु १२०, देबिडाडाँ स्कुल सम्म रु १५० , बन्दडाडा सम्म १०० ज्वाला देबि सम्म रु १०० र पिन डाडासम्म रु १५० भाडा निर्धारण गरेको छ ।