मकवानपुरगढीमा सर्बदलिय बैठक,निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने दलहरुको प्रतिबद्धता ।

 

८ बैषाख २०७९
मकवानपुरगढी गाउँपालीकामा चुनाबलाई निश्पक्ष र भयरहित बातारणमा सम्पन्न गराउन सबै दलहरुले प्रतिबद्धता जनाएका छन । निर्बाचन अधिकृतको कार्यालय स्थापना पछि बसेको सर्बदलिय बैठकमा दलका पालीका प्रमुख तथा प्रतिनिधिहरुले निर्बाचन आचार संहिताको पुर्ण पालना गर्ने , निर्बाचनलाई शान्ति पुर्ण र निश्पक्क्ष बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।

बैठकमा निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले बैषाख ३० गते हुने निर्बाचनको कार्यतालिका र आचार संहिताको बारेमा जानकारी गराउनु भएको थियो । बैठकमा दलका प्रतिनिधिहरुले निर्बाचनमा खटिने कर्मचारीलाई निश्पक्ष रुपमा काम गर्न र आचार संहिता पालना भए नभएको अनुगमन गर्न पनि आग्रह गरेका छन ।

बैठकमा   नेकपा एमाले मकवानपुरगढीका अध्यक्ष रामजी सापकोटा , नेपाली काग्रेसका प्रतिनिधि बिजय लामा नेकपा माओबादी केन्द्र मकवानपुरगढीका अध्यक्ष राजकुमार खड्का , एकिकृत समाजबादी मकवानपुरगढीका अध्यक्ष अर्जुन दहाल, राप्रपाका कृष्ण बिडारी, राप्रबीसंका जील्ला अध्यक्ष प्रकाश चौलागाई , अर्जुन चौरेल, देबनारायण लामिछाने , प्रेम प्रसाद दहाल, कृष्ण प्रसाद पोखरेल ,लगायत सुरक्षाकर्मी, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin