मकवानपुरगढी २ : माओबादी केन्द्रबाट अध्यक्षका उम्मेदवार जीत बहादुर लामाको चुनाबी प्रतिबद्धता सार्बजनिक ।

नेकपा माआबादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्षका उम्मेदवार जीत बहादुर लामाले चुनाबी प्रतिबद्धता पत्र सार्बजनिक गर्नु भएको छ । मकवानपुरगढी २ बाँसपानीमा रहेको वडा पार्टी कार्यालयमा एक कार्यक्रमका बिच प्रतिबद्धता पत्र सार्बजनिक गर्नु भएको हो ।
उहाँले आफु अध्यक्षमा बिजयी भएमा गर्ने कामहरु प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।

यस्तो छ जीत बहादुर लामाको चुनावी प्रतिबद्धता  ।

१) राजनितिमा देखिएको अपराधिकरण, नाताबाद, भ्रष्ट्राचार अन्त्य गरी जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने छु ।
२) स्थानिय स्रोत साधनको प्रयोग, दिगो बिकास, रोजगारीको सृजना र आर्थिक बिकासलाई जोड दिने छु  ।
३) महिला ,बालबालिका, युवा ज्येष्ठ नागरीक, अपाड्ड, एकल महिला, पिछडिएका बर्ग परिवारको अधिकार सुनिश्चित गर्ने ।
४) गुणस्तरीय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, लगायत आधारभुत सेवामा वडा बासीको सहज पँहुच र अधिकार स्थापित गर्ने ।
५) सामाजिक सेवा मानबीय धर्म हो त्यसैले सामाजिक सेवा कार्यमा वडाबासीलाई उत्प्रेरणा जगाई महिनाको कम्तिमा ३ दिन मेरो श्रमदान भन्ने नारा स्थापित गरी समुन्नत वडा बनाउने ।
६) सहकारी, कृषी बिकास , पशुपालनमा आधुनिकिकरण र ब्यबसायिकरण, बजारीकरण, कृषी उपज र पशु बिमा, बाली बिमा मार्फत कृषकको जोखिम घटाउने र कृषि श्रमलाई सम्मानित पेशा बनाउने ।
७) कृषि अनुदान बितरणमा भएको बिबेधलाई अन्त्य गर्ने ।
८) स्थानिय भाषा संस्कृति, संपदा र स्थानिय ज्ञान सिपको संरक्षण र प्रबर्धन गरी सबै जात जातिको पहिचान सुनिश्चित गर्ने   ।
९) मकवानपुरगढी वडा नम्बर २ लाई अन्तराष्ट्रिय, राष्ट्रिय र आन्तरिक पर्यटक बृद्धी गर्न मकवानपुरगढी दरबार ढुङेगढी, सानो गढी बिजयपार्क, सामरी खोलाको किनारमा पिक्निक स्पोर्ट निर्माण गरी उतm स्थानमा पर्यटकहरुको आगमनमा बृद्धी गर्ने ।
१०) भ्रष्ट्राचार, ढिला सुस्ति, सुन्य सहनशिलता,पारदर्सि, चुस्त प्रबिधि युक्त प्रभाबकारी सुचनाको प्रवाह मितब्ययी, आर्थिक ब्यबस्थापन, आवश्यक सिप, तालीम, कर्मचारीमार्फत घर दैलोमै सेवा प्रवाह गरी गाँउ गाउमा सिंह दरबार भन्ने परिकल्पनालाई साकार पार्ने लामाले प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।
११) जनताको योगदानमा मकवानपुरगढी गाउँपालीका वडा नम्बर २ बिकास कोस स्थापना गरी हामी बनाउछौ हाम्रो वडा भन्ने संकल्प साकार पार्ने ।
१२) वडा नम्बर २ को बस्ती स्तरमा युवाहरुको समुह बनाई आजको युवा सिपयुक्त र जिम्मेवार युवा बनाउन युवाको क्षमता बिकास गरि बिकास निर्माण, आर्थिक बिकास, खेलकुदबिकास, बिपद ब्यबस्थापनमा युवा शक्ति परिचालन गर्ने ।
१३) यस वडामा रहेका सुकुमबासि भुमिहिनहरु पहिचान गरि भुमि ब्यबस्थापन गर्नु पर्छ भन्ने मुल्य र मान्यताराखि भुमिहिन सुकुमबासिको समस्या समाधान गर्नसंघिय सरकारलाई गम्भिर ध्यान आकर्षण गराई पहल गर्ने ।
१४) यस वडामा एैलानि जग्गा जनताले धेरै बर्ष अघि देखि उपभोग गरि आएकाले उक्त जग्गा सरकारी मापदण्ड अनुसार किसानलाई जग्गा धनि पुर्जा दिन पहल गर्ने ।
१५) स्थानीय सरकारको सेवा तथा कार्यलाई स्थानिय आबश्यकता हेरि घुम्ती सेवा केन्द्र मार्फत जनताको समस्या समाधान गर्ने ।
१६) सामरिखोला नदी जन्य सामाग्रीलाई बैज्ञानिक प्रबिधि बाट बाताबरण मैत्री बनाई तटबन्ध गर्ने ।
१७) उद्योगहरुको कच्चा पदार्थ ढुवानी गर्दा सडक छेउमा स्थानिय बासी, बिधालय, सामुदायिक संघ संस्था, बिधार्थीहरुमा परेको असर अध्यायन गरि समस्या समाधान गर्न उधोग, स्थानिय सरकार र सरोकारवाला संग छलफल गरि पहल कदमि लिने ।
१८)जोखिम स्थानमा अपराधिक घटनाहरुलार्य न्युनिकरण गर्न उक्त स्थानमा सि सि क्यामेरा जडान गर्ने । लगायतका योजना वडा अध्यक्षका उम्मेदवार जीत बहादुर लामाले आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *