मकवानपुरगढी , कोरोना भाइरसले विश्व आक्रान्त बनिरहेका बेला अनावश्यक सवारी साधन आवत-जावत भएको भन्दै मकवानपुरगढी – ३ मक्रान्चुली,खरानीचोकका स्थानीय बासीले अत्यावश्यक बाहेकका सवारी साधनमा रोक लगाएका छन् ।
यो कुनै काम विशेषले गरेको बन्द होईन , हामी आफैं सचेत नहुने हो भने हाम्रो देशमा पनि इटालीको भन्दा भयावह स्थिति आउन सक्छ तसर्थ सरकारले गरेको यो लकडाउनमा सबैले कुरा बुझी साथ दिनुपर्ने स्थानीय रामशरण सापकोटाको भनाइ छ । सरकारले गरेको लकडाउनको मर्म विपरीत अनावश्यक सवारी साधन चलेकाले हामी आफैंले बाध्य भएर बाटो ठप्प पारेका हौं अर्का स्थानीय तथा मकवानपुरगढी गाउँ पालिका कृषि शाखाका प्राविधिक गोपालप्रसाद लम्सालले बताए । हामीले यो बाटोमा अत्यावश्यक कामले ओहोरदोहोर गर्ने मानिसहरुका लागि हात धुनको लागि साबुनपानीको ब्यवस्था गरेका छौंं अर्का स्थानीय हरिचन्द्र सापकोटाले बताएका छन् ।
उता अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारीसाधनमा पुर्ण रोक लगाइएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढी , मक्रान्चुलीका प्रहरी प्रमुख ( सई ) कृष्णबहादुर केसीले बताउनु भएको छ । यो विषम परिस्थितिमा प्रहरीले मात्र नभै स्वयं जनताले पनि साथ दिनुपर्ने उनको भनाइ रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्