बैशाष ३० गते हुने स्थानिय तह निर्बाचनमा मकवानपुरगढी गाँउपालिका वडा नम्बर ४ का वडा अध्यक्षका उम्मेदवार हेम बहादुर योन्जनले आफ्नो चुनाबी प्रतिबद्धता पत्र सार्बजनिक गर्नु भएको छ । माओबादी केन्द्रको तर्फबाट उम्मेदवार बन्नु भएका योन्जनले वडा अध्यक्षमा बिजयी भएमा वडाको बिकासको लागि आफुले गर्ने कामको योजनाहरु चुनाबी प्रतिबद्धता पत्रमार्फत सार्बाजनिक गर्नु भएको छ ।
हेम बहादुर योन्जनको चुनाबी प्रतिबद्धता
१)वडा भित्रका भुमिहिन सुकुम्बासी र नापि छुटेका जग्गाको लालपुर्जा दिलाउन पहल गर्ने ।
२)वडा भित्रको सबै बिधालयको भौतिकपूर्वाधार र शैक्षिक गुणस्तरको स्तरउन्नती गरी गरिव बिपन्न बालबालिकालाई बार्षीक निशुल्क पोशाक र स्टेशनरी सामाग्रि उपलब्ध गराउने ब्यबस्था मिलाईने छ ।
३)यस वडाको स्वास्थ्य चौकीमा ल्याबको ब्यबस्था गर्ने साथै वडामा रहेका बिपन्न परिवारको बिमा निशुल्क गरिदिने, आर्थिक अबस्था कमजोर भएका नागरिकलाई निशुल्क एम्बुलेन्सको ब्यबस्था गर्नुको साथै वडामा बिशेष स्वास्थ्य शिबिर गरी उपचारको ब्यबस्था गर्ने ।
४)खान नपुग्नेलाई पुग्ने बनाउने ,पुग्नेलाई बचत गर्ने बनाउने ,बचत गर्नेलाई लगानी गर्ने बनाई आत्मनिर्भर बनाउने ।
५)युवाको क्षमता र चाहना बमोजिमका सिपमुलक तालिमको आयोजना गरी स्वरोजगार बनाई गाउँमै बस्ने बताबरण बनाइने छ ।
६)निशुल्क खानेपानीको उचित ब्यबस्था मिलाउन स्थानिय स्तरमा रहेका कुवा, ईनार,पँधेरा र मुहानको संरक्षणको ब्यबस्था मिलाईने छ ।
७)प्रत्येक टोल र घरधुरीमा सडक पुर्याउने र बनेका बाटोको स्तरीकरण गर्ने ।
८)कला संस्कृति, पर्यटन बिकास गरी प्रबद्र्धन गर्न मनकामना मन्दिर, रुद्र स्मृति पार्क, गुम्बाहरुको स्तर उन्नती गरी बिकास गर्ने सामाजिक न्यायमा आधारीत निति बनाई भौतिक बिकासको योजनाबद्ध रुपमा लागु गरिने छ ।
९)आफुले गर्न चाहेको कृर्षि घरेलु उधोग, पसुपालन तरकारी खेती सम्बन्धि परियोजना तथा कार्यक्रम बनाई प्रस्ताव पेश गर्ने उध्यमशिल युवा किसानलाई बिउँपुजी स्वरुप रु २५००० उपलब्ध गराईने छ ।
१०)साना सिंचाई कार्यक्रम संचालन गर्ने ।
११)केरा खेती, बाख्रा, गाई, पालनलाई बिशेष प्रबद्र्धन गर्न पकेट क्षेत्रको रुपमा बिकास गरि पशु बिमा बालि बिमा निशुल्क गरिने छ ।
१२)बिधुत नपुगेको ठाउमा बिधुत लाईन बिस्तार गर्ने काठ तथा अन्य पोल बिस्तापित गरी फलामे पोलको ब्यबस्था मिलाईने छ ।
१३)यस वडा भित्र भएको खेल मैदानको उचित ब्यबस्थापन गरी उपयुक्त ठाउँमा खेलमैदान तथा कबर्डहल निर्माणमा पहल गरिने छ ।
१४)बालबालिका, बृद्धबृद्धा,गर्भबती महिलाको बिशेष स्वास्थ्य सुरक्षाको लागि पोषण कार्यक्रम संचालन,ज्येष्ठ नागरिकको लागि बिश्राम स्थल निर्माण गरिने छ ।
१५) मेरो वडा म बनाउछु भन्ने मुल नाराका साथ यस वडाको सर्बागिण दिगो बिकास लागि आबश्यक कार्यक्रम संचालन गरिने छ ।
१६) वडा अध्यक्ष मार्फत एक कल समस्या हल लाई मुल मन्त्र मानी कार्य संचालन गरिने छ ।
१७) यस वडामा गरिबी न्युनिकरण गर्न बिशेष कार्यक्रम संचालन गरी जनताको सुख शान्ति एबं अमन चयन कायम गराई समुन्नत एबं नमुना वडाको रुपमा बिकास गरिने छ ।
१८) सामरी खोला तथा यस वडा भित्र भएका साना खोला ,खोल्सीबाट हुने भुक्षय न्युनिकरण गर्न तटबन्ध गरिने छ ।
१९) बन जंगलको उचित संरक्षण गरिने छ र बार्षिक बृक्षारोपण कार्यक्रम गरिने छ ।
२०) पानी टंकी डाडामा रहेको भ्यू प्वाईटलाई सेल्फीडाडाको रुपमा परिचित गराई पर्यटन प्रबद्र्धन गरिने छ ।
२१) यसवडालाई प्रदान गरिदै आएको सेवा सुबिधालाई छिटो छरितो एबं जनमुखी र प्रबिधि मूखी बनाई भ्रष्टाचार मुक्त वडाको रुपमा पहिचान बनाईने वडा अध्यक्षका उम्मेदवार योन्जनले चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गर्नु भएको छ ।