मकवानपुरगढी गाउँपालिकामा १३ हजार ९ सय ५३ जनाले मतदान गरे ।

आज भएको स्थानिय तह निर्वाचन अन्तरगत मकवानपुरगढी गाउँपालिकाका ८ वटा वडामा १३ हजार ९ सय ५३ जनाले मतदान गरेका छन । कुल १९ हजार १ सय १८ मत दाता मध्ये ७२.९८ प्रतिसत मतदाताले मतदान गरेका छन । जसमध्ये मकवानपुरगढी गाउँपालीका वडा नम्बर १ मा १ हजार ४ सय ५९ जनाले मतदान गरेका छन् । यो वडामा १ हजार ९ सय ६७ मतदाता रहेका थिए । जसमध्ये  ७४.१७ प्रतिशतले मतदान गरेका हुन ।
यस्तै वडा नम्बर २ मा २ हजार २ सय ८१ जनाले मतदान गरेका छन् । कुल ३ हजार ८० मतदाता रहेको यो वडामा लगभग ७४.०६ प्रतिशतले मतदान गरेका हुन । यस्तै वडा नम्बर ३ मा १ हजार ९ सय २६ जनाले मतदान गरेका छन् । कुल २ हजार ५ सय ८४ मतदाता रहेको यो वडामा ७४.५४ प्रतिशतले मतदान गरेका छन ।
यता वडा नम्बर ४ मा १ हजार ५ सय ८४ जनाले मतदान गरेका छन् । कुल २ हजार २ सय १८ मतदाता रहेको यो वडामा ७१.४२ प्रतिशतले मतदान गरेका छन । यस्तै मकवानपुरगढी गाउँपालीक वडा नम्बर ५ मा २ हजार २ सय २८ जनाले मतदान गरेका छन् । कुल ३ हजार १२ मतदाता रहेको यो वडामा ७१.४२ प्रतिशतले मतदान गरेका छन । वडा नम्बर ६ मा १ हजार ७ सय ४६ जनाले मतदान गरेकाछन् । कुल २ हजार ४ सय ७३ मतदाता रहेको यो वडामा ७०.६० प्रतिशतले मतदान गरेका हुन ।
यस्तै वडा नम्बर ७ मा १ हजार ६ सय ४८ जनाले मतदान गरेकाछन् । कुल २ हजार २ सय ६२ मतदाता रहेको यो वडामा ७२.८६ प्रतिशतले मतदान गरेका हुन । वडा नम्बर ८ मा १ हजार ८१ जनाले मतदान गरेका छन् । कुल १ हजार ५ सय २२ मतदाता रहेको यो वडामा ७२.९८ प्रतिशतले मतदान गरेका हुन ।

 

Flash News Slide राजनीति समाचार स्थानीय