मकवानपुरगढीको मतगणना जारी, गठबन्धनको अग्रता ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ र ८ मा मतगणना जारी रहदा दुबै वडामा गठबन्धनको उम्मेदवारले अग्रता लिएका छन । वडा नम्बर १ मा १०० मत गणना हुदा गाउ पालिका अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतानले ५५र एमालेका उम्मेदवार बिदुर हुमागाईले २५ मत प्राप्त गर्नु भएको छ ।
पालिका उपाध्यक्षमा गठबन्धनको उम्मेदवार मानकुमारी पाख्रिनले ४३ मत र एमालेका उम्मेदवार सन्तु थिङले २५ मत प्राप्त गर्नु भएको छ । १ नम्बर वडा अध्यक्षमा काग्रेसका उम्मेदवारले ५७ ,एमालेका उम्मेदवारले २२ र माओबादी केन्द्रका उम्मेदवारले १२ मत प्राप्त गरेका छन ।
वडा नम्बर ८ मा २०० सय मत गणना हुदा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार काग्रेसका दोर्जे लामा स्याङतानले ११९ मत र  एमालेका उम्मेदवारले ६५ मत प्राप्त  गर्नु भएको छ  । उपाध्यक्षमा गठबन्धनको तर्फबाट मानकुमारी पाख्रिनले १०८ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बर ८ को वडा अध्यक्षमा काग्रेसका उम्मेदवारले ८८ , एमालेका उम्मेदवारले ६५ र माओबादी केन्द्रका उम्मेदवारले ३९ मत प्राप्त गर्नु भएको मकवानपुरगढीका निर्बाचन अधिकृत नारन प्रसाद पोखरेलले जानकारी दिनु भएको छ ।

 

Flash News Slide राजनीति समाचार स्थानीय