मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा ५०० मत गणना भएको छ । ५०० मत गणना गर्दा गाउ पालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काग्रेसका उम्मेदवार दोर्जे लामा स्याङतानले ३०५ र एमालेका उम्मेदवार बिदुर हुमागाईले १५९ मत प्राप्त गर्नु भएको छ ।
पालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओबादी केन्द्रकी उम्मेदवार मानकुमारी पाख्रिनले २८० मत र एमालेका उम्मेदवार सन्तु थिङले १५५ मत प्राप्त गर्नु भएको छ । ८ नम्बर वडा अध्यक्षमा काग्रेसका उम्मेदवारले २२४,एमालेका उम्मेदवारले १४७ र माओबादी केन्द्रका उम्मेदवारले १११ मत प्राप्त गर्नु भएको छ ।