मकवानपुर गढी गाउँ पालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका आइत सिं लो बिजयी हुनु भएको छ । उहाले ७९३ मत ल्याएर बिजयी हुदा नेकपा एमालेका उम्मेदवारले ४११ , माओवादी केन्द्रका उम्मेदवारले १६५ मत प्राप्त गर्नु भयो । वडा नम्बर १ मा लो नेतृत्वको प्यनल नै बिजयी भएको हो । वडा नम्बर १ मा गाउपालिका अध्यक्षमा गठबन्दनका तर्फबाट काङ्ग्रेसका दोर्जे लामा स्याङ्तानले ८१२ र उपाध्यक्षमा माओबादी केन्द्रकी मानकुमारी पाख्रीनले ६३४, एमालेकि सन्तु थिङ्ले ४२५ मत प्राप्त गर्नु भएको छ ।
वडा नम्बर १ मा १४५९ मत खसेको थियो ।