मकवानपुरगढी गाउँपालिका मतगणना अपडेट: वडा नं २ र ७ मा ७-७ सय मतको परिणाम सार्वजनिक

मकवानपुरगढी गाउँपालिकामा अहिले वडा नं २ र ७ को मतगणना भइरहेको छ । दुबै वडाको अहिले ७-७ सयको मत परिणाम सार्वजनिक गरिएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नं २ को ७०० मत गणना भएको छ ।जस अनुसार पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले २३४ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ३७७ मत र राप्रपाका विजय सिं ठकुरीले ८ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले १९९ मत , गठबन्धनका मानकुमारी पाख्रीनले ३२० मत र राप्रपाले १३ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले २०७ , कांग्रेसले ३५८ , माओवादी केन्द्रले १०० र राप्रपाले १३ मत प्राप्त गरेका छन् ।

वडा नं ७ मा पनि ७०० मत गणना गर्दा पालिका अध्यक्षमा एमालेका विदुर हुमागाईले १९७ मत , गठबन्धनका दोर्जे लामा स्याङ्तानले ३९८ मत र राप्रपाले १ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेका सन्तु थिङले १८७ मत , गठबन्धनका मानकुमारी पाख्रीनले ३८७ मत र राप्रपाले ४ मत प्राप्त गरेका छन् । त्यस्तै वडा अध्यक्षमा एमालेले १८५ , कांग्रेसले २८९ र माओवादी केन्द्रले १६५ , राप्रपाले २ र एकीकृत समाजवादीले ९ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin