मकवानपुरगढी गाँउपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा एमालेकाका भागवत घिमिरे निर्वाचित भएका छन ।
वडा नम्बर ३ मा गठबन्धका उम्मेदवार नेकपा एसका अर्जुन प्रसाद दाहाललाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् ।
मंगलबार बिहान सम्पन्न मत गणना अनुसार एक हजार ९२६ मत गणना हुदाँ घिमिरेले ९४३ र निकटतम प्रतिद्धन्दी दाहालले ८८६ मत प्राप्त गरेका थिए । घिमिरे पुनः दोस्रो कार्यकालको लागि वडाध्यक्षमा विजयी भएका छन् । घिमिरे प्यानल सहित विजयी भएका हुन् । यसैगरी सदस्यहरुमा महिला सदस्य मन्जु योन्जनले १०१३ , दलित महिला सदस्य बिमला बिकले ९९६ , खुल्ला सदस्यहरूमा प्रेमबहादुर थोकरले ९९६ र बिदुर हुमागाईले १०३० मत गरेका छन् ।
त्यस्तै, वडा नम्बर ३ बाट गाउँपालिका अध्यक्ष कांग्रेसका दोर्जे लामा स्याङतानलाई ७५७, एमालेका विदुर हुमागाईलाई १०३४ मत खसेको थियो । उपाध्यक्षमा भने मानकुमारी पाख्रीनलाई ७०८ र एमालेका सन्तु थिङलाई १०१९ मत खसेको छ । पूर्ण मत बदर भने १४ रहेको जनाइएको छ ।