वडाअध्यक्ष निर्वाचित भएपछि सहिद गेटमा दिप प्रज्वलन

मकवानपुरको बागमती गाउँपालिका २ राईगाउँमा रहेको सहिद गेटमा ३ नम्बर वडाका नवनिर्वाचित वडाअध्यक्ष कमानसिं पाख्रिनले दिप प्रज्वलन गरेका छन् ।
३ नम्बर वडामा पाख्रिनको प्यानल विजय घोषणा भए लगत्तै विजय ¥यली राईगाउँ सहिद गेट पुगेको थियो । सहिदको वलिदानबाटै अहिलेको ब्यवस्था, संघीयता आएकोेले विजय पश्चात सबभन्दा पहिले सहिदको सम्मान गर्न राईगाउ सहिद गेट आएको अध्यक्ष पाख्रिनले बताए । ‘सहिदहरुकै योगदानले हामी यो स्थानमा छौं,उहाँहरुको सपना पुरा हुनेगरी वडामा काम गर्नेछु’, उनले भने ।
दश वर्षे जनयुद्धमा बागमती ३ गढनका बटु माया पाख्रिन, गणेशमान पाख्रिन, साम्तेन भोलन, मान बहादुर पाख्रिन र छविलाल विकले साहदत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *