मकवानपुरगढीमा नब निर्बाचित जनप्रतिनिधिलाई सहकारीद्धारा सम्मान ।

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि.ले मकवानपुरगढी गाउँपालिकाका नब निर्बाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ।

संस्थाका अध्यक्ष अर्जुन प्रसाद दहालले गाउँपालिका अध्यक्ष दोर्जेलामा स्याङ्तान उपाध्यक्ष मानकुमारी पाख्रिन, वडा अध्यक्षहरु आईत सिं लो, बखान सिं पाख्रिन, भागबत घिमिरे, दिपेश दहाल, कृष्ण प्रसाद बजगाँई, सूर्य बहादुर रुम्बा , कुमार सिं घिसिङ लगायत वडा सदस्यहरुलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गर्नु भएको हो ।

यसैगरी साना किसान कृषी सहकारी संस्था गढी ३ ले पनि नब निर्बाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ ।संस्थाकी अध्यक्ष निर्मला लंसालले दोसल्ला ओडायर स्वागत तथा सम्मान गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin