२०७९ जेठ १९ – ग्रामीण महिला सेवा केन्द्र तथा प्लान इन्टरनेशनल नेपालको आयोजनामा मकवानपुर जिल्लाक विभिन्न स्थानीय तहहरुमा संचालन भैरहेको परिवर्तनका संवाहक सहजीकरण कक्षाहरु मध्य हेटौडा उपमहानगरपालिका १९ नेवारपानीमा रहेको श्री अरनिको मा.वि. केन्द्रमा संचालन भएको परिवर्तनका संवाहक सहजीकरण कक्षालाई प्रविधियुक्त नमुना कक्षा संचालन गर्ने उदेश्यका साथ करिब तिन लाख सैतिस हजार चार सय बराबरको कम्प्युटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।
अरनिको मा.वि. को मिनी अभिभावक भेलाको अवसर पारेर ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले हेटौडा हेटौडा उपमहानगरपालिका १९ का वडा अध्यक्ष एबं विद्यालय व्यवस्थापन समिती अध्यक्ष नरनाथ सुबेदी र शिक्षक अभिभावक संघका अध्यक्ष सुबोध घलानलाई संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
सो कार्यक्रममा बोल्नुहुदै ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीले यी सामग्रीहरुले सहभागीको सिकाइमा प्रभावकारी भूमिका खेल्ने विश्वास राख्दै सहजकर्ताहरुलाई सामग्रीको अधिक प्रयोगमा जोड दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सो विद्यालयका सहायक प्रधानाध्यापक एबं परिवर्तनका संवाहक सहजीकरण कक्षा ब्यबस्थापन समिती सदस्य राजु घलेले आफ्नो विद्यालयमा संचालन भएको सि ओ सि कक्षा थप प्रभावकारी बनाउन विद्यालयले छुट्टै कक्षा कोठाको व्यवस्था गर्ने र अन्य आवश्यक सहयोग गर्न फाफु तथा विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो ।
सो केन्द्रमा १०-१५ का बालक तथा बालिका तेस्तै १६-२४ उमेर समुहका किशोर तथा किशोरीहरु कुल ८५ जना सहभागीहरुलाई अमृता विष्टले नै सहजीकरण गर्दै आइरहनुभएको छ ।
उक्त कार्यक्रमा परिवर्तनका संवाहक सहजीकरण कक्षा ब्यबस्थापन समिती अध्यक्ष, बिभिन्न टोल बिकाश समितीका अध्यक्ष, शिक्षक अभिभावक लगायतको उपस्थिती रहेको थियो ।