मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु माविमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ । आइतबार विद्यालयमा भएको भेलाले विद्यालयका पुर्व विद्यार्थी तथा वडा नम्बर ३ का वडा सदस्य बिदुर हुमागाईको संयोजकत्वमा ९ सदस्यीय पुर्व विद्यार्थी संगठन तदर्थ समिति गठन गरेको हो ।
संगठनको सदस्यहरुमा हेमबहादुर योन्जन , सुनिल पाख्रीन , घनश्याम घिमिरे , राजकुमार दुलाल , सुवास अधिकारी , जानुका दाहाल , चन्द्रबहादुर योन्जन र शान्त प्रसाद दाहाल रहेका छन् ।
विद्यालयका पुर्व विद्यार्थी तथा वडा नम्बर ३ का वडा अध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको भेलामा भानु माविका ब्यवस्थापन समिति अध्यक्ष तथा गाउँपालिकाको उपाध्यक्ष मानकुमारी पाख्रीनको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा वडा नम्बर ३ का वडा सदस्य मन्जु योन्जन, प्रेम बहादुर थोकर, बिमला विश्वकर्मा, बिधालयका प्रधानाध्यापक राजेन्द्र थापा, शिक्षकहरु उदब सापकोटा, शिबराम फुयाल , टोल बिकास सस्थाका अध्यक्षहरु भबानी शंकर दहाल, नरेन्द्र लम्साल , शृजन शिल बचत तथा रिण सहकारी सस्थाका अध्यक्ष कृष्ण बिडारी , हिमाल महिला सहकारी सस्था लि का अध्यक्ष जानुका दहाल ,साना किसान कृषि सहकारी सस्था लि . का अध्यक्ष निर्मला लम्साल , मकवानपुरगढी गाउँ पालिका को इन्जिनियर सुबास अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।