हेटौंडा अस्पतालको ढिलासुस्तीमा कांग्रेस हेटौंडानगरले बुझायो ध्यानाकर्षण पत्र

२६ जेठ मक्रान्चुली  । वागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा विगत केही दिनदेखि बिरामीले उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिदा देखिएको समस्याको विषयमा कांग्रेस हेटौंडानगर कार्य समितिले ध्यानाकर्षण जनाउदै ७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
बिहीबार बिहान हेटौंडानगर सभापति उत्सव इटेनी नेतृत्व टोलीले हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई भेटेर बिरामीले पाएको सास्तीको बारेमा ध्यानाकर्षण गराउदै तत्काल अस्पतालको समाधान गर्न सक्ने ७ बुँदे प्रस्ताव सहित ध्यानाकर्षणपत्र बुझाएको हो।
नगरसभापति ईटेनीले अस्पतालमा मेसु डाक्टर सापकोटालाइ वागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी अस्पतालमा देखिएको समस्या र बिरामीले उपचारका क्रममा भोगेको झन्झटलाई छिटो भन्दा छिटो समाधान गर्न अनुरोध गरेका थिए।
विगत केही दिनदेखि बिरामीले उपचार गर्न,प्रयोगशाला परीक्षण प्राप्त गर्न,औषधि लिन दुई दिन लाग्यो भन्दै समाचार र सामाजिक सञ्जालमा आएको कुराले चौतर्फी आलोचना भएपछि कांग्रेस हेटौंडानगर कार्यले अस्पतालनै पुगेर यस विषयमा चासो लिदै समस्या समाधान गर्न अनुरोध गरेको हो।
कांग्रेस हेटौंडानगरले अस्पतालको विषयमा गराएको ध्यानाकर्षणमा अस्पतालका निमित्त मेसु सापकोटाले भवन र जनशक्तिका कारण उक्त समस्या देखिएको स्वीकार गर्दै छिट्टै समस्या समाधान गर्न प्रतिवद्ध रहेको कुरा प्रष्ट पारेका थिए।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी(कुमार),कांग्रेस हेटौंडानगर सचिव हर्क रत्न लामा,सहसचिव निगम श्रेष्ठ, विकास बानियाँ,कोषाध्यक्ष कुल प्रसाद चौलागाई लगायतको उपस्थिती रहेको थियो।

यस्तो छ हेटौंडानगरले अस्पतालको मेसुलाई बुझाएको ७ बुँदे ध्यानाकर्षण पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin