मकवानपुरगढी ३ मा नीति कार्यक्रम तथा बजेट निर्माण पूर्व अन्तरक्रिया ।

जेठ ३० मक्रान्चुली -मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले विकास पूर्वाधार सँगै शिक्षा, स्वास्थ्य, खानेपानी र समग्र सामाजिक क्षेत्रहरुमा परिवर्तन हुनेगरि नीति कार्यक्रम बनाउने बताउनु भएको छ । मकवानपुरकोगढी गाउँपालिका वडा नम्बर ३ मा रहेका टोलबिकास सस्था मार्फत स्थानियहरुसंग अन्तरक्रिया गर्दै अध्यक्ष घिमिरेले यस्तो बताउनु भएको हो ।
वडा नम्बर ३ मा बिकास निर्माणको कामका लागि १ करोड रुपैया छुट्याईएको र वडाको आबश्यकतालाई ध्यानमा राखेर बजेट अपुग हुने आयोजनालाई प्रदेश , केन्द्र संग समन्व गरेरपनि बिकास निर्माणको काम अघि बडाउने अध्यक्ष घिमिरेले बताउनु भयो ।
वडा नम्बर ३ को आयोजनामा वडा भित्र रहेका टोलबिकास  संस्था मार्फत भएको छलफलमा स्थानियले आ- आफ्नो ठाउँमा भएका आबश्यक बिकासका योजनाहरु छनोट गरेर पठाएका छन ।
कार्यक्रममा वडा अध्यक्ष भागबत घिमिरे, वडा सदस्यहरु बिदुर हुमगाइ , मन्जु योन्जन, प्रेम थोकर , बिमला बि क ,  नेकपा एमालेका  चन्द्र योन्जन ,नेपाली काङ्ग्रेसका बिजय थोकर लामा,  टोल बिकास संस्थाका अध्यक्ष प्रलाद चौलागाइ , भानु मा बि का प्रधानाध्यापक राजेन्द्र थापा , गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राज कुमार दुलाल लगायत वडा कार्यालयका कर्मचारी र स्थानीयहरुको  सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin