मकवानपुरगढीको बस्ती बस्तीमा धमाधम योजना छनोट गरीदै, बाटो स्लाब ढलानको योजना धेरै ।

१ असार – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको बाबियो डाँडा टोलविकास संस्था र मक्रान्डाडा धमिले टोल विकास संस्थाले बुधवार छुट्टा छुट्टै कार्यक्रम गरेर बस्ती स्तरमा योजना छनोट गरी वडा कार्यालयलाई बुझाएका छन । कार्यक्रममा वडा नम्बर ३ का जनप्रतिनिधि, स्थानिय संघ संस्थाका प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । योजना छनोट गर्दा स्थानियले बाटो स्लाब ढलान, खानेपानी, बिधुत, कृषी पकेट क्षेत्र, मलखाद, कृर्षी उपज संकलन केन्द्र, मठ मन्दिर, बस्ती संरक्षण लगायतका योजना छनोट गरेका छन ।
मकवानपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम र बजेट सार्बजनिक गर्नु अघि  स्थानिय स्तरबाट योजना छनोट गर्न वडा कार्यलयलाई जिम्मेवारी दिएको छ ।
वडा नम्बर ३ लाई १ करोड रुपैया बजेट छुट्याइएकोमा टोलबिकास सस्था मार्फत बस्ती स्तरका  योजना छनोट गरी  आबश्यकताको आधारमा काम गर्ने लक्ष लिएको  वडा नम्बर ३ वडा सदस्य बिदुर हुमगाईले बताउनु भयो  । बस्ती स्तरबाट  योजना  माग गर्दा बाटो स्लाब ढलान, खाने पानी, बिधुत, लगयतको माग आएको  हुमगाईले जानकारी दिनु भयो । वडामा छुट्याइएको बजेट जनाताको आबश्यकता अनुसार अपुग हुने हुदा  टोल बिकास संस्था संग  समन्वय गरेर योजना काँटछाट गरिने जनाइएको छ ।
मकवानपुरगढी गाँपालिकाले यो आर्थिक बर्षमा निति तथा कार्यक्रम बनाउदा ५ लाख भन्दा कमका योजनालाई बजेट नहाल्ने भएको छ । योजना छनोट र मापदण्ड तथा मार्गनिर्देशन अनुसार बस्ती स्तरबाट आएका योजना , वडाको गौरब योजना अन्तरगत कम्तिमा १५ लाखको  वडा कार्यालय जोड्ने सडक वा वडा नजिक पर्ने सडक स्लाब ढलान ,कम्तिमा एउटा  १० लाख बराबरको ७०/३० को योजना अन्तरगत स्लाब ढलान योजना रहेको छ । विकास निर्माणमा जन सहभागिता अभिबृद्धी गर्ने , रोजगारी सिर्जना गर्ने, पुराना अधुरा तथा क्रमागत योजनालाई समेट्ने गरी योजना छनोट गर्नु पर्ने  मापदण्ड बनाएको गाउँपालिकाले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin