असार २ मक्रान्चुली-मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बाल बालिकालाई शिक्षामा बिभेद हुन नदिने बताउनु भएको छ । ग्रामिण महिला सेवा केन्द्रले आज मकवानपुरगढी ३ मक्रानञ्चुलीमा गरेको सामाजिक लेखा परिक्षण कार्यक्रममा अध्यक्ष स्याङ्तानले बालबालिकाको क्षेत्रमा आउने बजेटको दुरुपयोग हुन नदिने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले शिक्षक शिक्षिकामा पनि अभिमुखिकरण तालिम प्रदान गर्नु पर्नेमा जोड दिनु भएको छ । गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिनले बाल बालिकाको क्षेत्रमा काम गर्न गैर सरकारी संस्था संग सहकार्य गरेर अघि बड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा ग्रामिण महिला सेवा केन्द्रले सन २०२१/२२ मा मकवानपुरगढी गाउँपालिकामा सञ्चालन गरेका कार्यक्रमको बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा स्थानिय तहमा योजना छनोट तथा बिकास निर्माणमा बालबालिकाको सहभागिता, बालबिबाह बिरुद्ध सचेतना मुलक कार्यक्रम, सि ओ सि कक्षा संचालन लगायतका कार्य गर्दै आएको ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनु भयो । सस्थाका सचीव अचला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढीका प्रमुख प्रशासकिय अधिकृत राम कुमार पुडासैनी , वडा नम्बर २ का अध्यक्ष बखान सिं पाख्रिन, वडा नम्बर ५ का अध्यक्ष दिपेश दहाल , योजना शाखा प्रमुख प्रकाश न्यौपाने, ,हरि कुमार हुमगाई, अधिबक्ता रामशसरण लामिछाने, भगबती घिमिरे, मकवानपुरगढी युवा संजालका कृतज्ञ हुमगाई, रुपा तिमल्सिना लगायतकाको उपस्थिति रहेको थियो।