मकवानपुरगढी ३ मा बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न ।

असार ३ – मकवानपुरगढी गाउँपालिकामा बल मैत्रि स्थानिय शासन पश्चात दिगोपनाका लागि योजना तर्जुमा कार्यक्रम शुक्रबार मकवानपुरगढी ३ मक्रान्चुलीमा सम्पन्न भएको छ ।
दिब्यतारा बाल सन्जालको आयोजना र ३ नम्बर वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा सहभागि बालबालिकाहरुले निति तथा कार्यक्रम बनाउदा बालबालिकालाई लक्षित गरेर कार्यक्रम बनाउन आग्रह गरेका छन ।
वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष घिमिरेले बाल बालिका भोलीका कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्न स्थानिय सरकार सधै तत्पर रहेको बताउनु भयो ।
मकवानपुरगढी गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिए पनि बाल बिबाह, बालश्रम चुनौतिको रुपमा रहेकाले बल मैत्रि स्थानिय शासन पश्चात दिगोपनाका लागि योजना तर्जुमा गरेर अघि बड्नु पर्ने मा सारोकारवालाहरुले जोड दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin