थाहा नगरपालिका वडा नम्बर ४ शुन्य होम डेलिभरी वडा बनाइने ।

 

थाहा नगरपालिका वडा नम्बर ४ ले वडालाई शुन्य होम डेलिभरी वडा बनाउने योजना संचालन गर्ने भएको छ ।
सोमबार बसेको वडा समितिको बैठकले आर्थिक बर्ष २०७९/०८० देखि वडाका गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्थासम्म लैजान लाग्ने एम्बुलेन्स खर्च वडा कार्यालयमार्फत भुक्तानी गर्ने निर्णय गरेको छ ।

वडा अध्यक्ष नारायण लामाको अध्यक्षतामा बसेको वडा समितिको बैठकले वडाको ३ जना बिपन्न परिवारको बुहारीलाई कक्षा ११ देखि स्नातक सम्म अध्ययन गर्नको लागि पुर्ण छात्रवृत्ति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले फरक क्षमता भएका ब्यक्तिहरुलाई परिचयपत्र बितरण गर्ने निर्णय गरेको छ । ४ न वडाको माथिल्लो भेग, दामन, सिमभन्ज्याङ्ग, नारायणझ्याउ, जुरेथुम, फापरबारी, ठुलोमाखु क्षेत्रको नागरिकको लागि वडा कार्यालयसम्म आएर घटना दर्ता गर्न समस्या परेको बताउदै प्रत्येक महिनाको पहिलो आइतबार दामन सहरी स्वास्थ केन्द्र दामनमा अनलाइन घटना दर्ता शिविर संचालन गरिने पनि बैठकले निर्नय गरेको वडासचिब पाल्साङ लामाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup