५ साउन २०७९
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौडाले घाँसको बिरुवा बितरणको नाममा लापरबाही गरेको छ ।
केन्द्रले आर्थिक बर्षको अन्तिममा लाखौ रुपैया मूल्य बराबरको घाँसको बिरुवा मकवानपुरको विभिन्न पालिकाहरुमा पुर्याए पनि समन्वयको अभाबमा बितरण हुन नसक्दा किसानले पाउन सकेनन ।
पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले गत असार २७ गते मकवानपुरगढी ३ मा रहेको गाउपालिका कार्यालय नजिकै विभिन्न जातका घाँसका बिरुवा सम्बन्धित निकायलाइ जिम्मा नै नलगाइ फालेर गएको छ । यस बिषयमा मकवानपुरगढिका पशु शाखा प्रमुख सत्यनारायण शाह सङ बुज्दा आफुहरुसङ कुनै समन्वय नभएको र बिरुवा किन ल्याएर फालियो भन्ने बिषयमा आफुलाइ जानकारी नभएको बताउनु भयो । उक्त घासको बिरुवा पशु सेवा विज्ञ केन्द्रका कर्मचारी देबराज पराजुलिले ल्याएर छोडेर गएको बुझिएको छ । बिज्ञ केन्द्रबाट आएको घासको बिरुवा समयमै किसानले नपाउदा सुकेर खेर गएको छ । यो बिषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बज्र किशोर ठाकुरसङ बुझ्दा मकवानपुरगढी गाउँ पालिकालाइ बिरुवाको बरेमा जानकारी गराएको दाबी गर्नु भयो । लाखौ रुपैया खर्चिएर उत्पादन गरिएको घाँसको बिरुवा किसानलाइ बितरण नगरी खेर फालिएकोमा किसानहरुले चिन्ता व्यक्त गरेका छन ।