नेकपा मालेका महासचिव सिपि मैनालीले अहिलेको गठबन्धनलाई परास्त गर्न बाम राष्ट्रबादी गठबन्धन बनाउन आबश्यक रहेको बतउनु भएको छ । नेकपा मालेको पार्टी कार्यालय हेटौंडामा भएको राजनीतिक भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै महासचिव मैनालीले अहिलेको गठबन्धनको कारण देश अप्ठ्यारो स्थीतिमा पुगेको बताउनु भयो ।
मुलुकलाई बचाउनका लागि एमालेको नेतृत्वमा बाम राष्ट्रबादी गठबन्धन बनाएर जान पर्ने बताउनु भयो । अहिलेकै सरकारका कारण देशमा बैदेशीक हस्तक्षेप बडेर गएको महासचिव मैनालीलेबताउनु भयो ।
अहिलेको अपबित्र गठबन्धनलाई परास्त गर्न आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनमा बाम राष्ट्रबादी गठबन्धन गरेर बहुमत आउने गरी तयारी गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा नेकपा मालेका जील्ला उप सचिव हरि कृष्ण अधिकारी जिल्ला कमिटी सदस्य कृष्ण प्रसाद दहाल लगायत पार्टी कार्यकर्ताको उपस्थिति रहेको थियो ।