ग्रामिणद्वारा यो बर्ष कुल ७५ लाख बजेट बराबरको कार्यक्रम हुदै

२४ साउन २०७९- ग्रामीण महिला सेवा केन्द्र हेटौडा ५ ले यो आर्थिक वर्ष सन् २०२३ मा  जिल्लाका हेटौडा उपमहानगरपालिका मकवानपुरगढी गाउँपालिका,बागमती  गाउँपालिका र मनहरी गाउँपालिकाको आफ्नो कार्यक्षेत्रमा कुल ७५ लाख रुपैया बराबरको कार्यक्रम गर्न लागिएको संस्थाका कार्यक्रम संयोजक दिपक न्यौपाने दीपले जानकारी दिनुभयो । उहाका अनुसार हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ३,१२,१३,१४,१५ र १९ मा जम्मा २९ लाख ८९ हजार ८४ बराबरको कार्यक्रम योजना गरिएको छ ।

यस अघि ग्रामिणले बागमती,  गाउँपालिका मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा ति पालिकाहरुमा गरिने कार्यक्रम तथा बजेट बारे हेटौडामा जस्तै स्थानीय जनप्रतिनिधि परिवर्तनका सवाहक ब्यबस्थापन समिती, परिवर्तनका सवाहकसहजीकरण कक्षाका सहभागी युवा संजालका सदस्य पत्रकार लगाएतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिसकिएको कार्यक्रम संयोजक न्यौपानेले बताउनु भयो । कार्यक्रम ग्रामीण महिला सेवा केन्द्र तथा प्लान इन्टरनेशनलको संयुक्त साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कर्मक्रम अन्तर्गत हुदै छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin