नेकपा माले मकवानपुरद्धारा प्रतिनिधि सभा निर्बाचनका लागि उमेद्धवारको नाम सिफारीस ।

२६ साउन २०७९
नेकपा माले मकवानपुरले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्बाचनको लागि केन्द्रमा उमेद्धवारको नाम सिफारिस गरेको छ । आज बसेको नेकपा मालेको जिल्ला कमिटि बैठकले २ वटा निर्बाचन क्षेत्रबाट ६ जनाको नाम सिफरिस गरेको मालेका जील्ला अध्यक्ष कुमार बहादुर संजेलले जानकारी दिनु भएको छ । नेकपा मालेले मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण प्रसाद दहाल, कुमार बहादुर संजेल र अम्बीका लामिछाने, क्षेत्र नम्बर २ बाट तीर्थराज सुबेदी,उद्धब अधिकारी र सबिना बिश्वकर्माको नाम सिफारिस गरेको छ । पार्टीले अब चुनाव केन्द्रीत कार्यक्रम लिएर जनताको घर घरमा पुग्ने मालेका केन्द्रीय सदस्य तथा जील्ला ईन्चार्ज कृष्ण प्रसाद दहालले जानकारी दिनु भयो । नेकपा मालेको केन्द्रीय सदस्यमा मनोनित हुनु भएका कृष्ण प्रसाद दहाललाई जील्ला कमिटिले खादा र अबिर लगाएर सम्मान गरेको छ ।

More From Author

चौथो अन्तराष्ट्रिय सोसल अर्वाड बाकुमा हुने

पैरवी क्षमता बिकाश संम्बन्धी २ दिने तालिम सम्पन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *