३१ श्रावण २०७९- लाल्छना रहित यौन तथा प्रजनन् स्वास्थ्य सेवाका लागि पैरवी क्षमता बिकाश संम्बन्धी २ दिने तालिम हेटौडामा सम्पन्न भएको छ परिवर्तनका सवाहक कक्षाका तथा युवा संजालका सहभागीहरुको उपस्थितमा भएको उक्त कार्यक्रम आयोजना ग्रामीण महिला सेवा केन्द्रले गरेको हो भने प्लान इन्टरनेशनल नेपालले आर्थिक सहयोग गरेको थियो ।
स्वास्थ्य संस्थामा लाल्छना रहित यौन तथा प्रजनन् स्वास्थ्य सेवा संचालन गर्नका लागी किशोर किशोरी तथा युवाहरुले जोड दिन आवश्यक ,महसुस गर्दै उहाहरुलाई पैरवी सम्बन्धि सिप बिकाश गर्न उक्त तालिमको आयोजना गरिएको आयोजक संस्था ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले बताउनुभयो ।
तालिममा १८ जनाको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण सहजकर्ता राम बहादुर खत्रीले गर्नुभएको थियो ।