महिलालाई राजनितिमा देखिएकाे चुनाैति र अबसर

सामाजिक र लैङ्गगिक हिसावले पछाडी पारिएको महिला पछिल्लो समय संविधानले अङ्गिकार गरेको अधिकारलाइ प्रयोग गर्दै अहिले केही हद सम्म सामाजिक र लैङ्गिक हिसावले अगाडि आउन थालेको छन। तर पनि यो प्रयाप्त छैन। हिजो राणा शासनदेखि बर्तमान गणतान्त्रिक समय सम्म आइपुग्दा महिलाहरुले अनेकन चुनौतिको सामना गर्नु परेको छ।

महिला आन्दोलनको बिद्रोहको स्वर उराल्ने योगमायादेखी राणाशासन होस या पन्चायती ब्यबस्थामा या गणतन्त्र प्राप्त गर्न महिलाले खेलेको भुमिका स्मरण्न योग्य छन महत्त्वपूर्ण छ । तर आज महिलालाइ राजनितिमा आउन केही चुनौतिहरु छन। लामो समय पितृसतात्मक सोच बोकेको नेपाली समाज चाहे धर्मको नाममा होस याजातको नाममा होस अथवा लैङ्गिक क्षेत्रमा होस महिलालाइ राजनितिमा आउन अझै समस्या छन चुनौतिहरु छन।समाजले हेर्ने दृष्टिकोण बदल्न सकेको छैन। अन्तरकुन्तरबाट आजपनी सामाजिक रुपमा अगुवा गर्दा पोथी बासेको भन्ने हाम्रो समाज जिबित नै छ। ती चुनौतिलाइ चिर्नु छ आफुलाइ बदल्नु छ समाजलाइ बदल्नु छ। महिलालाइ महिलाबाट पनि चुनौती छ । खुट्टा तान्ने प्रवृत्ति होस या पुरुषलाइ प्रिय पात्र बन्नको लागि सुनाएर होस महिलालाइ अगाडि बढ्न महिला नै पनि एक किशिमको चुनौती देखिएको छ।संविधानले प्राप्त गरेको अधिकार समय र अवसर पाए भने कसरी दलहरुले नै हत्या गर्छन भन्ने कुरा अहिले भर्खरै भएको स्थानिय तहको निर्वाचनले पनि देखाएको छ । दलिय रुपमा गठबन्धन गर्ने र महिला अनिवार्य नहुने भए पछि धेरै स्थानिय तहमा महिला बिहिन निर्वाचन भए त्यस्लाइ स्वयम् त्यही दलमा आबद्द भएका दलका महिलाले आवाज उठाउन सकेनन बरु आफ्नो दलको रङ्गमा गलत बिषयको ढाकछोप गरे। जस्ले गर्दा पितृ सतात्मक सोच र बिचार बोकेका प्रबृतिलाइ प्रत्यक्ष फाइदा पुग्यो। यसरी हेर्दा दलहरु भित्र पनि अझै सामन्तबादको अबशेष जिबितै छ।
लेखक:निसा पुडासैनी (ज्वाला)
हेटौडा मकवानपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin