पत्रकार बजगाईंद्वारा लिखित ‘श्रमशक्ति व्यवस्थापन’ विमोचन

मकवानपुर । पत्रकार लक्ष्मण बजगाईंद्वारा लिखित पुस्तक श्रमशक्ति व्यवस्थापन मंगलबार हेटौडामा एक कार्यक्रमका बीच विमोचन गरिएको । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सो पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा पुलामीले लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील बजगाईंले लेखेको सो पुस्तक पठनयोग्य भएको र दस्तावेज रुपमा रहिरहने बताए ।श्रम बजारमा श्रमिकहरुको लागि पुस्तक निकै उपयोगी रहने बताउदै उनले प्रदेश सरकारलाई नीति निर्माणमा यसले सहयोग पर्र्याउने समेत बताए । पुस्तक पढेर श्रम शक्ति के हो, यसका समस्या के के हुन् भन्ने विषयमा जानकारी प्राप्त गर्न सकिने सबैले सो पुस्तक अध्ययन गर्नुपर्नेमा पुलामीले जोड दिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बजारमा आएको श्रम शक्ति व्यवस्थापन पुस्तकको अध्ययनले विभिन्न कार्यमा संलग्न श्रमिकहरुको दक्षता, शारिरिक, प्राविधिक तथा बौद्धिक क्षमताको विकास हुने बताए ।यस्तै शिक्षक, साहित्यकार, समाजसेवी रामचन्द्र आचार्य फुर्सतीले पुस्तकबारे समीक्षा गर्दै यो पुस्तक राज्यका लागी पनि अभिलेखका रुपमा रहने उल्लेख गरे । उनले पुस्तकबारे गहन बहस चलाउनु आवश्यक रहेको औल्याए । भाषागत रुपमा भएका कमि कमजोरी बाहेय यसले आम श्रमिकहरुको आवाज बोलेको उनले बताए । कार्यक्रममा पुस्तकका लेखक बजगाईंले १६ औँ पुस्तकका रुपमा यो पुस्तक बजारमा ल्याएको बताउँदै यसले श्रमिकका आवाज बोलेको बताए । उनले पुस्तकमा श्रमसम्बन्धी बहुआयामिक प्रसंगहरु उठान गरिएकोले सबैलाई अध्ययन गर्न आग्रह गरे । पुस्तक रोजगारीको अवसर कुरिरहेका बेरोजगारीहरुका लागि तयार भएकोसमेत उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, प्रकाशक कृष्णप्रसाद कंडेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin