मकवानपुरगढी गाउँपालिकाका पुरुष कर्मचारीद्धारा महिला कर्मचारीहरुका लागि तीज बिशेष कार्यक्रम आयोजना ।


९ भदौ २०७९
मकवानपुरगढी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार दर खाएर नाच गान गरी तीज बिशेष कार्यक्रम गरेका छन । गाउँपालिकाका पुरुष कर्मचारीहरुले महिला कर्मचारीहरुलाई दर खुवाएर चेली र माईतीको सद्धभाब प्रकट गरेका छन ।
कार्यालय समय पछि आयोजना गरिएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यता र वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा उपाध्यक्ष नेपालीले आउदै गरेको तीजको अबसरमा सुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका कार्यालयका शाखा प्रमुखहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup