तेस्रो पटक फोडीयो प्रहरी कार्यालय नजिकै रहेको क्लब

१७ भदौ २०७९ –

मकवानपुरगढी ३ भानु मिनीपिच फुटसल संगै रहेको गढी स्टार स्पोर्ट क्लबमा तेस्रो पटक तोडफोद तथा चोरी भएको छ गएराति तेस्रो पटक चोरी भएको क्लबका सचिब बिदुर हुमागाईले जानकारी दिनुभएको हो ।

क्लबको दराज तोड फोड गरि प्रशंशा पत्र १० थान, मायाको चिनो १० थान, क्लबको बैठक निर्णय पुस्तिका १ थान, जर्शी विफ ८ थान, ट्रेनिंग सेट ७ थान चोरी भएको हुमागाईंले बताउनुभयो ।

इलाका प्रहरी कार्यालयमा पटक पटक मौखिक जानकारी गराउदा पनि हाल सम्म कुनै कारबाही नभएको र घटना  दोहोरीरहेको उनको भनाइ रहेको छ

यसै बिच इलाका प्रहरी कार्यालय मकवानपुरगढी का सहि प्रेम शंकर प्रसाद यादबले अब रात्री गस्ती बढाउने तथा टोल विकाश समिती संग सहयोग लिई दोषी पत्ता लगाई कारबाही गरिने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।

यस अघि क्लबमा २०७८ कार्तिकमा प्रथम पटक झ्यालको लक फुटाउने तथा सामान्य क्षति पुर्याएको थियो दोश्रो पटक २०७९ भदौ मा दराजको लक फोर्ने तथा कोभीट आइसुलेसन वार्डको झ्याल फोरेको जानकारी दिनुभयो ।

यस पटक भने करिब १८ हजार ५ सय बराबरको चोरी तथा क्षति भएको सचिब हुमागाईले बताउनुभयो  । फोडिएको तथा चोरिभएको क्लबको कार्यालय इलाका प्रहरी कार्यालय मकवानपुरगढी बाट करिब ४०० मिटर दुरीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup