माओवादी केन्द्र मनहरीद्वारा प्रतिनिधि र प्रदेश सभा सदस्यको उम्मेदवारहरुको टुङगो लगायो ।

आगामी मसिंर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्र मनहरीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदारका लागि नाम टंगो लगाएको छ । शनिबार मनहरी –९ रजैयामा भएको माओवादी केन्द्र मनहरी गाँउ कमिटिको उम्मेवदार सिफारिसका लागि बसेको बैठकले प्रतिनिधि सभा तर्फ मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट प्रत्यक्ष तर्फबाट राम नारायाण ंिवंडारी र कुमारी मोक्तानको नाम सिफारिस गर्ने निर्णय गरका छन । त्यसै गरी समानुपाति तर्फ रामहरि सुवेदीको नाम सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्र मनहरीले जनाएको छ ।
त्यसै गरि प्रदेश तर्फ प्रत्यक्षमा ओम बहादुर ग्लान , वीर बहादुर घलान (ज्वाला) राम प्रसाद कालाखेती रहेका छन भने समानुपातिक तर्फ आनन्द घलान , इश्वरी सुनार , दील बहादुर स्याङबो , एकराज पुरी , खुसि लाल चेपाङ , गजाधर सुवेदी लाई सिफारिस गर्ने निर्णय गरिएको छ ।
कार्यक्रम माओवादी कन्द्रका केन्द्रीय सदस्य रामनारायाण विंडारीको प्रमुख आथित्यमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin