मंसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले उम्मेद्वारहरु चयनको लागि प्रदेश कमिटिलाई सिफारिश गर्ने निर्णय गरेकोछ ।
मंगलबार जिल्ला पार्टी कार्यालय हेटौडामा मंगलबार बसेको बैठकले मकवानपुरको संघीय निर्वाचन क्षेत्र नं. १ को लागि प्रत्यक्ष तर्फ संबिधान सभा सदस्य प्रल्हाद लामिछाने, जीवन गोले, बसन्त लामालाई सिफारिश गरेकोछ ।
क्षेत्र नं. २ को लागि पार्टीका पोलिटब्युरो कुमारी मोक्तान र पुर्व राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी र लाई सिफारिश गरेको छ ।
प्रदेश सभाका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेद्वारहरु चयनको लागि छलफल भैरहेको जिल्ला समन्वय समितिका सचिब भिम पाख्रीनले बताउनुभयो ।