युवा संजालको आयोजनामा अंग्रेजी हिज्जे सम्पन्न ।

सक्षम युवा संजालले चण्डिका मा.बि मकवानपुरगढी २ मा अंग्रेजी हिज्जे प्रतियोगिताको आयोजना गरेको छ। प्लान ईन्टरनेशनल नेपाल र ग्रामीण महिला सेवा केन्द्र संगको समन्वयमा सो कार्यक्रम गरेको गरेको हो। संजालकी अध्यक्ष पवित्रा वि.क को सभा अध्यक्षतामा कार्यक्रम भएको हो कार्यक्रममा ५ समुहको सहभागितातहेको थियो।

कार्यक्रममा समूह सि प्रथम, समूह ए द्धितिय, समुह डी तृतीय, समूह वि चौथो सान्त्वना भएको थियो भने समुह ई तथा र समुह वि लाई समेत सान्त्वना पुरस्कार प्रदान गरिएको थियो पुरस्कार सोहि विद्यालयका सहायक प्रध्यानपक बिर बहादुर लामाले वितरण गर्नुभएको थियो

बाल बालिकाहरुको क्षमता वृद्धि गर्नुका लागी कार्यक्रम आयोजना गरिएको संस्थाको अध्यक्ष वि.क ले बताउनुभयो।

कार्यक्रममा विद्यालय अंग्रेजी शिक्षक बालकृष्ण श्रेष्ठले सहजीकरण गर्नुभएको थियो तेस्तै संजालकी सचिब सुमित्रा गोलेले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका एस.वि.सि.सि सहजकर्ता अमिर दहाल सामाजिक परिचालक शारदा चौलागाईं लगाएतको उपस्थिती रहेको थियो भने समूह ए मा प्रज्वल थिङ्, निश्चल चौलागाईं, आकृति पुलामी समूह वि मा सिर्जना भोम्जन, सुजन न्यौपाने, सुजना लो समूह सि मा सोनिया न्यासुर, प्रविन गोले, विजय पुडासैनी समूह डी मा समिर गोले, सिता न्यौपाने, प्रकिति गोले र समुह ई मा बिराट भट्ट, राम घलान, कविता स्याङ्तानले सहभागिता जनाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup