मकवानपुरगढी गाउँपालिकाद्वारा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा उत्कृष्ट बिध्यार्थी सम्मान ।

२४ भदौ २०७९ – मकवानपुरगढी गाउँपालिकाको आयोजनामा ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिबस बिबिध कार्यक्रम सहित सम्पन्न भएको  छ । मकवानपुरगढी गाउँ पालिका अध्यक्ष दोर्जेलामा स्याङ्तानको प्रमुख आतिथ्यता  तथा  वडा न.१ अध्यक्ष तथा सामाजिक शिक्षा संयोजक  आईत सिं लो को सभाध्यक्षतामा  भएको कार्यक्रममा पालिका उपाध्यक्ष मान कुमारी पाख्रीन(नेपाली)को बिशिस्ट आतिथ्यता रहेकोे थियोे । कार्यक्रममा वडा न .६ अध्यक्ष कृष्ण प्रसाद बजगाई,पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी शिक्षा प्रमुख  राम बहादुर घलान ,शिक्षा समिती सदस्य एंबम  बंश गोपाल मा.बि(बि.ब्य.स) अध्यक्ष  राम प्रसाद पुडासैनी ,श्रोत शिक्षक  दासरथी उपाध्याय लगायत मकवानपुरगढी गा.पा अन्तर्गत ३९ वटै बिधालय प्र.अ हरु स्थानीय अभिवावकहरु र बिद्यार्थीहरुको आतिथ्यता रहेको थियोे । कार्यक्रममा मकवानपुरगढी गाउँपालीकामा शैक्षिक सत्र २०७८ मा SEE परीक्षामा उत्कृष्ट ५ जना मध्ये गाउँपालीका प्रथम हुने भानु माबिका बिनायक भट्टराई(३.२५)जिपिए ल्याई प्रथम भएकोमा नगद रु १२,००० रुपैयाँ सहित सम्मानित भएका छन। बंशगोपाल माध्यामिक बिधालय(प्राबिधिक शिक्षालय)को छात्रा अबिना कुमारी मुक्तान लाई रु ६००० सहित सम्मान गरिएको छ । २०७८ को एस ई ई परिक्षामा दलित समुदाय तर्फबाट मकवानपुरगढी गाउपालिकामा उत्कृष्ट नतिजा ल्याउन सफल  जाल्पादेवी माध्यमिक विद्यालयकी छात्रा जानुका सुनारलाई नगद रु ६००० सहित मकवानपुरगढी गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्ग्तानले सम्मान गर्नुभएको छ। यसैगरी कक्षा-८ मा उत्कृष्ट-५ जना, र गढीगाउँपालीकामा रहेको बिधालयमा विभिन्न तहगत रुपमा गराइएको हस्तलेखन प्रतियोगितामा सफल हुने बिद्यार्थी हरुलाई स्कुल ब्याग र शैक्षिक सामाग्री सहित सम्मान तथा बधाई कार्यक्रम गरिएको थियोे भने कार्यक्रम सन्चालन मकवानपुरगढी गा.पा शिक्षा शाखामा कार्यरत (प्रा.स) भगवती घिमिरेले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup