मकवानपुरगढीकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित ।

७ असोज,मक्रान्चुली- मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाकी पत्रकार तथा लेखक सम्झना पौडेल राष्ट्रपतिबाट सम्मानित भएकी छिन् । हेटौँडाबाट पत्रकारिता शुरु गरेकी पौडेललाई कलमको माध्यमले पत्रकारिता क्षेत्रमा पुरयाएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको हो ।

लामो समयदेखी विभिन्न सञ्चार माध्यममा आवद्ध रहेकी पौडेल हाल प्रेस काउन्सिल नेपालमा मिडिया अनुगमनकर्ताको रूपमा कार्यरत रहेकी छिन् । पौडेललाई काउन्सिलले कर्मचारी प्रोत्साहान पुरस्कारको लागि सिफारिस गरेको थियो ।

पौडेलले पत्रकारिता जगतको अविभावकीय संस्था काउन्सिलले आफूलाई प्रोत्साहन गर्नुले आफुलाई थप जिम्मेवारी बोध गराएको बताइन् । पुरस्कारले आफ्नो पत्रकारिता प्रतिको प्रेम, लगाव र मेहनतलाई शसक्त बनाएको भन्दै उनले अझ जोश, जागरलाई कलम र आवाजको माध्यमबाट बुलन्द बनाउने प्रयास गर्ने बताएकी छिन् ।

यसअघि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल–पुननिर्माण र पुर्नस्थापना लेखनवृत्तिबाट २०७७ सालमा सम्मानित स्वतन्त्र पत्रकार पौडेलले मकवानपुरको हेटौँडा एफएमबाट पत्रकारिता सुरूवात गरेकी हुन् ।

पौडेलसँग टेलिभिजन, अनलाईन र पत्रिकामा काम गरेको भनुभव रहेको छ । राजनीतिशास्त्रमा मास्टर्स तथा कानुनमा स्नातक अध्ययन गरेकी पौडेलले विशेषत समसामयिक विषयवस्तुका साथै महिला तथा बालबालिका क्षेत्रमा कलम चलाउने गरेकी छिन् ।

More From Author

मकवानपुरगढी गाउँपालिकामै पहिलो पटक पसल अनुगमन

मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगिता सुरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *