मकवानपुरगढी ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक सभा सम्पन्न ।

३ असोज २०७९- मकवानपुरगढी वडा नम्बर ३ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक सभा शुक्रबार भएको छ । सहकारी आव २०७८/०७९ मा २१ करोड ७८ लाख ९४ हजार ८२७ रुपैंयाको कारोबार गरेको छ । कृषिमा आधारित सहकारी संस्था कृषि र पशुपालन क्षेत्रमा लगानी गर्दै आइरहेको छ । साविक मकवानपुरगढी गाविसलाई कार्यक्षेत्र बनाउँदै शेयर सदस्यलाई कर्जा लगानी र बचत कार्यक्रम गर्दै आइरहेको छ ।

सहकारीले आफ्ना शेयर सदस्यलाई १९ करोड ८३ लाख ५३ हजार १८२ रुपैयाँ कर्जा लगानी गरेको छ । एक करोड ३३ लाख ८८ हजार ६ सय शेयर पुजीँ रहेको सहकारीको बचत निक्षेप भने ६ करोड २४ लाख ७१ हजार रहेको प्रवन्धक गीता  लम्सालले बताइन् । सहकारीको जगेडा कोष भने एक करोड १० लाख ११ हजार ८४७ रहेको छ ।
गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यतामा भएको सभामा संस्थाका अध्यक्ष निर्मला कुमारी लम्सालको सभाध्यक्षता रहेको थियो । सभामा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन, वडा १ का अध्यक्ष आइतसिं लो, २ का अध्यक्ष बखान सिं पाख्रीन, ४ का अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना, साना किसान विकास लघुवित्त वित्तीय संस्था हेटौंडाका प्रमुख कृष्णकुमारी शर्मा, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा. बज्रकिशोर ठाकुर, कार्यपालिका सदस्य मञ्जु योन्जन, केशव बराइली, फुलमाया टुप्पा, पालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, साना किसान कृषि सहकारी संघ प्रदेशका प्रतिनिधि बिमला कार्की, श्रृजनशील समाज साकोसका अध्यक्ष कृष्ण बहादुर विडारी, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहाल, सल्लाहकार बलराम हुमागाई, हिमाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल लगायतका आतिथ्यता रहेको थियो ।
सहकारीले सभाको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । गाई पालक कृषकमा सुशीला पाख्रीन, शशी लम्साल, छलिकुमारी अस्थानी,  सीता तिमल्सिना, शुभद्रा खत्रीलाई पुरस्कृत गरिएको छ । त्यस्तै, सल्लाहकार बलराम हुमागाई, वडा अध्यक्ष भागवत घिमिरेलाई सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारी प्रवन्धक गीता लम्साल र सह—प्रवन्धक सुनील पाख्रीनलाई सम्मान गरिएको थियो भने जेष्ट शेयर सदस्य राममाया मोक्तानलाई सम्मान गरिएको थियो ।

Flash News Slide Uncategorized राजनीति रोचक समाचार स्थानीय