८ असोज २०७९– सहकारी भन्ने बितिकै बचत , ऋण लगानी ब्याज असुली गर्ने सस्था भन्ने बुझाइ छ तर नेपालमा यस्तो पनि एउटा सहकारी छ जस्ले पैसा मात्र होइन उन्नत जातको बाख्राको पाठा पाठि साटासाट तथा लगानी गर्छ त्यो पनि बिना पैसा । मकवानपुरगढी गाउँपालिका वडा नम्बार ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले बाख्राको पाठि लगानी कार्यक्रम अन्तर्गत शुक्रबार २८ जना बिपन्न महिलालाइ पाठी बितरण गरेको छ ।
पाठा पाठि साटासाट तथा लगानी कार्यक्रम अन्तर्गत बिपन्न शेयर सदस्य मध्ये एक जनाले प्राप्त गरेको बाख्राबाट जन्मिएको एउटा पाठी १ बर्ष भित्रमा सहकारिलाइ बुजाएपछि बाख्रा आफ्नै हुने छ । सहकारीलाई बुजाएको उक्त पाठी अर्को बिपन्न महिलालाइ बितरण गरिन्छ यो क्रम २२ बर्ष देखि निरन्तर चल्दै आएको सहकारिकी ब्यबस्थापक शुभद्रा घिमिरेले जानकारी दिनु भयो ।
प्रत्येक ३ महिनामा महिलाहरु र बाख्राको पाठी संगै भेला हुन्छन अनि १ बर्ष अघि लगेको पाठिले पाएको पाठी सहकारिलाइ फिर्ता गर्छन र नयाले बुजेर लान्छन । पाठी छान्दा गोलाप्रथाबाट छानिन्छ । उत्कृस्ट पाठी फिर्ता गर्नेलाइ पुरस्कारको ब्यबस्था पनि छ । यदि बाख्राले पाठी नपाएमा पाठी किनेर फिर्ता गर्नु पर्ने सहकारिले नियम बनाएको छ ।
बाख्राको पाठी लगानि कार्यक्रम हिमाल महिला बहुद्देश्यीय सहकारी सस्थामा बि.स २०५७ सालमा सुरु भएको हो । सहकारिले निसुल्क बितरण गरेको उन्नत जातको बाख्रा पाए पछि बिपन्न महिलाहरु खुशी भएका छन ।
बि.स २०५७ सालमा पसु सेवा बिभागको गरिबी निबारण कार्यक्रम अन्तर्गत २० वटा बाख्रा र एउटा ब्याडे बोका यस सहकारीलाइ बितरण गरिएको थियो ।अहिले सम्म त्यस बाट जन्मिएका बाख्राको पाठा पाठी ७ सय भन्दा बढि बिपन्न महिलाहरुलाइ बितरण गरिएको सहकारिले जनाएको छ ।
बि.स २०५७ सालमा गरिबी निवारण कार्यक्रम अन्तरगत देशका ६ जिल्लामा यो कार्यक्रम सन्चालन भए पनि अन्यत्र सफल हुन नसकेको पसु सेवा कार्यालयका पुर्ब कर्मचारी समेत रहेका पसु चिकित्सक उत्तम लाल दासले जानकारी दिनु भयो। पाठा पाठी साटा साट गरेर लगानी गर्ने यो नै पहिलो सहकारी भएको पनि दासले बताउनु भयो । यो कार्यक्रम सफल बनाउन दासले सहयोग गर्दै आउनु भएको छ ।
सहकारीबाट निसुल्क पाएको उन्नत जातको पाठिबाट बाख्रा पालन शुरु गरेका महिलाहरुको अहिले खोर भरी बाख्रा भएको छ। सहकारिले बितरण गरेको बाख्राको पाठिको सहकारिले नै १० हजार बराबरको बिमा गरिदिन्छ । पाठी साटा साट तथा लगानि कार्यक्रमले ग्रामिण महिलालाई बाख्रा पालन गर्न प्रोत्साहन मिलेको छ भने त्यसबाट राम्रो आय आर्जन पनि हुँदै आएको महिलाहरु बताउछन ।