मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगितामा भानु माबि र रुपनारायण माबि फाईनल प्रबेश ।

८असोज २०७९- मकवानपुरगढी गाउँपालिका स्तरिय शिक्षक फुटबल प्रतियोगितामा आयोजक भानु माबि र रुपनारायण माबि फाईनल प्रबेश गरेको छ । सेमिफाईनलमा शारदा माबिलाई ५ -१ गोल अन्तरले पराजित गर्दै भानु माबि फाईनलमा प्रबेश गर्यो भने रानिशेरा माबिलाई ११ -२ गोल अन्तरले पराजित गरेर रुपनारायण माबि फाईल प्रबेश गरेको हो ।

सेमिफाईनल अघि भएको क्वाटर फाइल खेलमा भानु माबिले जाल्पादेबि माबिलाई १४- ० ले पाराजित गर्दा शारदा माबिले बंशगोपाल माबिलाई ४ -१ ले पराजित गर्यो । यसैगरी रानिशेरा माबिले जनक माबिलाई ३-२ ले पाराजित गर्दा रुपनारायण माबिले जनता माबिलाई २०- ३ को फाराकिलो गोल अन्तरले पराजित गरेको छ ।
भानु माबि र रुपनारायण माबि बिचको फाईनल खेल भोली आईतबार हुने भएको छ । तेस्रो स्थानको लागि शारदा माबि र रानिशेरा माबि खेल्ने भएका छन । भानु माध्यामिक बिद्यालयकोे आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको खेल मकवानपुरगढी ३ भानु मिनि पिचमा हिजो देखि शुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin