बीपी बिचार समाज मकवानपुरको अध्यक्षमा बिनोद चन्द्र कोईराला चयन ।


११ असोज २०७९
बीपी बिचार समाज मकवानपुरको अध्यक्षमा बिनोद चन्द्र कोईराला चयन हुनु भएको छ । आज हेटौडामा भएको १२ औ साधारण सभा एबं चौथो अधिबेशनले काईरालाको अध्यक्षतामा ९ सदसीय कार्यसमिति चयन भएको छ । समाजको उपाध्यक्षमा प्रदिप कोईराला , सचिवमा हरिप्रसाद पौडेल,कोषाध्यक्षमा रमेश बहादुर कोईराला, सदस्यहरुमा बाशुदेव श्रेष्ठ, राधा कोईराला, अर्जुन बर्तौला,पुर्ण प्रसाद पुडासैनी र मन्जु खराल चयन हुनु भएको छ ।
समाजको अध्यक्ष बिनोद चन्द्र कोईरालाको अध्यक्षता र कांग्रेसका पूर्ब सभापति तथा समाजका सल्लाकार माईकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा नेता अर्यालले बीपीको बिचार र सिद्धान्त अहिले पनि सान्दर्भिक रहेकाले उहाँको बिचार सिद्धान्तलाई जन जन सम्म पुर्याउन समाजलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा कांग्रेसका पुर्ब जिल्ला सभापति रघुरमण न्यौपाने, बरिष्ठ अधिबक्ता तथा सल्लाहकार केशव काफ्ले, जीपी फाउण्डेशनका अध्यक्ष नारायाण लंसाल, कृष्ण प्रसाद भट्राई स्मृति केन्द्रका अध्यक्ष बिजेन्द्र अग्रवाल, समाजका सल्लाहकारहरु कृष्ण प्रसाद दहाल , तारानाथ चौलागाई, डा. गणेश लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin