१३असोज २०७९- मकवानपुरगढीमा पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता बुधबारबाट शुरु भएको छ । पहिलो दिनको खेलमा सौजन्य युवा क्लबले नेस्टकला सस्थालाइ १६-१ ले पराजित गरेको छ । देबिडाडा युवा क्लबले आम्भन्ज्याङ्ग युवा क्लबलाइ ६-४ ले पराजित गर्दा , गढि स्ट्रार स्पोर्ट्स क्लबले सेर्गे युवा क्लबलाइ ११-० ले पराजित गरेको छ । प्रतिभा युवा क्लबले सिखरकटेरी युवा क्लबलाइ १०-१ ले पराजित गर्दा नबजागृती क्लब र नागरिक सचेतले २-२ को बराबरी खेलेको छ। वडा नम्बर ८ ले रानिशेरा युवा क्लबलाइ ७-२ ले पराजित गरेको छ । उर्गेन गुरु युवा क्लब र वडा नम्बर ५ बिचको खेल २-२ को बराबरी भएको छ । गढी स्टार स्पोर्ट्स क्लब B ले उद्यमशिललाई ३-२ ले पराजित गरेको छ ।
नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा असोज १२ गते बुधबारदेखि सुरु भएको प्रतियोगिता १५ गते सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ७५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले ५० हजार नगद र तेस्रो हुनेलाई २५ हजार नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडी, विधागततर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकाभित्रका १६ वटा टिमको सहभागिता रहेको छ । मकवापनुरगढी गाउँपालिका वडा नं.३ स्थित भानु मिनी पिचमा प्रतियोगिता भएको हो ।