गल्र्स टेकओभरः पत्रकार महासंघकी अध्यक्ष बनिन् बानियाँ

२५ असोज – गल्र्स टेकओभर कार्यक्रममा मकवानपुरकी स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघकी अध्यक्ष बनेकी छिन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा देशभर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत मकवानपुरमा भने स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष बनेकी हुन् ।

मंगलबार एक कार्यक्रमका बीच महासंघका अध्यक्ष मणिराज गौतमले खादा ओढाएर महासंघको अध्यक्षको पदभार ग्रहण गराएका थिए । अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गौतम प्रमुख अतिथि रहेका थिए ।
प्लान इन्टरनेशनल, राडो नेपाल सहितका विभिन्न संस्थाहरुको सहयोगमा गल्र्स टेकओभर कार्यक्रम गरिएको थियो । बालिका दिवसको अवसरमा मकवानपुर सहित देशभर एक सय भन्दा बढी स्थानमा गल्र्स टेकओभर कार्यक्रम गरिएको प्रोटेक्सन परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र लामाले बताए । गतवर्ष मनहरी गाउँपालिकामा मनहरीकी अनुजा गुरुङ पालिका उपाध्यक्ष भएकी थिइन् ।

अध्यक्षको पद सम्हालेपछि महासंघकी अध्यक्ष बानियाँले  मयार्दित ढङ्गबाट सुचना समाचार सम्प्रेक्षण गर्न आफु प्रतिवद्ध रुपमा लाग्ने बताइन् । पत्रकारको हकहितमा र पत्रकारसँग जोडिएका विषयलाई काम गर्दै आइरहेको बताइन् । मकवानपुरमा बालिका, युवा, महिलाका विषयका समाचार कम प्रकाशन÷प्रशारण भइरहेको अवस्थामा अबको दिनमा महिला र बालबालिकाका विषयमा समाचारहरु महत्वका साथ प्रकाशन प्रशारणमा जोड दिन आफु लाग्ने बताइन् ।

कम समाचार प्रकाशनले गर्दा किशोरी, युवा र महिलालाई पत्रकारिताका क्षेत्रमा बृहत छलफल तथा प्रशिक्षण दिइने बताइन् । नेतृत्वमा युवा महिलाको संख्या कम भइरहेको यो समाजमा परिवर्तन गर्न सञ्चारमाध्यमको माध्यमबाट महिला तथा बालबालिका विषय उठान गरिने प्रतिवद्धता व्यक्त गरिन् । उनले मकवानपुरमा बालिका र महिलाका विषयमा विधागत कमल चलाउने अवस्थामा पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा रोल मोडल सविता परियारले ज्ञापनपत्र प्रस्तुत गरेकी थिइन् भने गतवर्ष मनहरी गाउँपालिकाको उपाध्यक्ष बनेकी अनुजा गुरुङले आफ्नो अनुभव सुनाएकी थिइन् । पत्रकार महासंघ मकपानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य लगायतले आफ्नो भनाइ राखेका थिए ।

No description available.

कार्यक्रममा महासंघका अध्यक्ष मणिराज गौतमले आगामी दिनमा बालिका, महिलासँग जोडिएका विषयवस्तुमा महासंघले फिचर लेखन, तालिम गोष्ठी तथन विभिन्न कार्यक्रमहरु गरिने प्रतिवद्धता व्यक्र गरेका छन् । आफ्नो पत्रकारिताको अनुभव सुनाउदैं उनले लगनशीलता भयो भने पत्रकारिता गर्न सहज रहेको बताए ।

उनले मकवानपुरमा विधागत समाचार लेखन गर्ने भन्दापनि सबै क्षेत्रका समाचार लेख्ने गरिएकाले बालबालिका र महिलाका समाचारहरुलाई पनि प्राथमिकतामा राखेर समाचार लेख्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *