२७ असोज २०७९ – मकवानपुरका पत्रकारहरुलाई विहीबार निशुल्क आँखा शिविर कार्यक्रम भएको छ । विश्व दृष्टि दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मकवानपुरले निशुल्क आँखा शिविर कार्यक्रमको आयोजना गरेको हो ।
विहान ९ बजेबाट सुरु भएको शिविर दिउँसो २ बजे सम्म सञ्चालन भएको महासंघका अध्यक्ष मणिराज गौतमले बताउनु भयो । हेटौंडा सामूदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा नेत्र सहायक अफिसर रिना खड्की, नेत्र सहायक मिलन क्षेत्री र आई हेल्थ वर्कर अचला शर्माले परिक्षण गर्नु भएको हो ।
कम्प्युटरमा अधिकांश बस्ने भएकाले पत्रकारहरुको आँखाको समस्या थाहा पाउन महासंघले शिविर सञ्चालन गरेको हो । शिविरमा ६६ जना पत्रकारले आँखा परिक्षण गराएका छन ।