असोज ३० २०७९-पाँचौं संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि देविडाँडा युवा क्लवले जितेको छ । मकवानपुरगढी गाउँपालिका-३ स्थीत भानु मिनीपिचमा शनिबार भएको फाइनल खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै देविडाँडाले उपाधि जितेको हो ।
देविडाँडालाई उपाधि दिलाउनका लागि अरुण पाख्रीनले तीन, सानू कान्छा बल र बिकल पाख्रीनले एक-एक गोल गरे । आयोजक लागि आयुस दुलालले एक गोल फर्काए ।
उपाधि बिजेता देविडाँडाले ७५ नगद हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेत आयोज गढी स्टारले ट्रफी सहित नगद ५० हजारमा चित्त बुझायो । त्यस्तै तेस्रो स्थान हासिल गरेको प्रतिभा युवा क्लबले ट्रफी सहित २५ हजार प्राप्त गर्यो ।
साबिक बिजेता तथा तीन पटकको बिजेता सौजन्य युवा क्लब कुर्ले प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी गढी स्टारका सरोज वाइबा, सर्वाधिक गोलकर्ता सौजन्य युवा क्लबका सुजन भोम्जन र उत्कृष्ट गोलरक्षक मनिस पाख्रिन घोषित भए । उनीहरूले ट्रफी सहित नगद पाँच-पाँच हजार प्राप्त गरे ।
गढी स्टार स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा प्रथम, द्वतिय, तृतिया हुने टोली र बिधागत उत्कृष्ट हुने खेलाडीलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली(पाख्रीन), वडा अध्यक्ष भगवत घिमिरे लगायतले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताम मकवानपुरगढी गाउँपालिकाको १६ वटा टोलीको सहभागीता रहेको थियो ।(प्रहर खबर)