३० असोज
एकीकृत नेपाल कम्युनिष्ट पार्टी समाजबादीका नेता एबम् पुर्ब स्वास्थ्यमन्त्री एबम् मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यको लागि ५ दलिय गठबन्धनका साझा उम्मेदवार बिरोध खतिवडाले उमेर भन्दा पनि काम गर्न सक्ने क्षमता र बोक्ने एजेण्डामा मतदान गर्नुपर्ने बताउनुभएको छ । गठबन्धन दलको संयुक्त सम्पर्क कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
युवालाई मतदान भन्दै मत माग्नेले १ क्षेत्रमा युवा र अर्को क्षेत्रमा बुवा उम्मेदवार उठाएको उहाँको भनाई छ । ब्यबस्था परिबर्तको लागि भएको जनआन्दोलनका सहिद बासुदेबको सालिकमा गएर फोटो खिच्ने र बासुदेबलाई गोली हान्न लगाउने कमल थापालाई बोकेर मत माग्ने नेकपा एमाले जाली भएको उहाँको आरोप छ । जनआन्दोलन र शहिदहरुको न्यायको निम्ती पनि एमालेलाई मतदान गर्न नहुने तर्क उम्मेदवार खतिवडाको रहेको छ । उहाँले मकवानपुरको विकासको लागि आफुले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।