मकवानपुरका १६ र १७ बर्षिय किशोरीहरु बने दुई पालिकाका स्वास्थ्य शाखा तथा शिक्षा शाखाको प्रमुख

३१ असोज २०७९- १६ बर्षीया स्वस्तिका बिश्वकर्मा बागमति गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बनेकी छिन । ग्रामिण महिला सेवा केन्द्र तथा प्लान ईन्टरनेश्नल नेपालको आयोजनामा भएको गल्स टेक ओभर कार्यक्रम अन्तरगत उनले बागमति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनेश कुमार गुप्ताको पद ग्रहण गरेकी हुन् । ग्रामिण महिला सेवा केन्द्रकी अध्यक्ष सुलोचना स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा बागमति गाउँपालिका अध्यक्ष शर्केश घलानको प्रमुख आतिथ्यता , उपाध्यक्ष फणिन्द्र तिमल्सीना र प्रमुख प्रशाशकिय अधिकृत झंकनारायण घलानको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बिभिन्न वडाका वडा अध्यक्षहरु , शाखागत प्रमुखहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्नु हुदै प्रमख अतिथि एबं पालिका अध्यक्ष शर्केस घलानले यो कार्यक्रमले किसोरिहरुको नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेल्नुका साथै आफुले पनि केही नया कार्यक्रमलाई निति कार्यक्रममा समाबेस गर्न आबश्यक महसुस गरेको बताउनु भयो ।

त्यस्तै मनहरी गाउँपालिकामा १७ बर्षिया निकिता तिमल्सीनाले शिक्षा शाखाको जिम्मेवारी ग्रहण गरेकी छिन । सो शाखाका प्रमुख हरि चन्द्र सापकोटाले उनलाई आफ्नो पद हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रम ग्रामिण महिला सेवा केन्द्रकी सचिव अचला शर्माको अध्यक्ष एबं मनहरी गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत मोहन कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दिपेनद्र अधिकारी लगायत बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तराष्टिय बालिका दिवसको अबसरमा आयोजना गरिएको ग्रामिण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यनैपानेले जानकारी दिनु भयो । गत बर्ष पनि यी दुबै पालिकाहरुमा उपाध्यक्षको पद हस्तान्तरण गरिएको न्यौपानेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin