३१ असोज २०७९ – संस्कृतिविद् एबं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा यहि कार्तिक १ गते मंगलबारका दिन राज्यभरका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरु तथा विदेश स्थित कुटनीतिक नियोगहरुमा बिदा दिने तथा राष्ट्रिय झन्डा झुकाउने निर्णय भएको गृह मन्त्रालयका सहसचिब एबं प्रवक्ता फनिन्द्रमणी पोखरेल द्वारा सार्वजनिक सुचना जारी गर्दै जनाइएको हो ।
शताब्दी पुरुष जोशीको जन्म बिक्रम संबद १९७७ बैशाख ३० गते बाबु शंकरराज जोशी र आमा राजकुमारी जोशीको कोखबाट जेष्ठ सुपुत्रको रुपमा भएको थियो भने निधन १०३ वर्षको उमेरमा अर्थात् बिक्रम सम्बद २०७९ असोज ३० गते भएको हो भने आइतबार नै नेपाल सरकारले श्रद्धाञ्जली अर्पण गर्दै बिदाई गरिसकेको छ ।