१ कार्तिक २०७९,
१७ बर्षकी सुमित्रा गोले मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको आमभञ्ज्याङ स्वास्थ्य चौकिको ईन्चार्ज बनेकी छिन ग्रामिण महिला सेवा केन्द्र तथा प्लान ईन्टरनेश्नल नेपालको आयोजनामा भएको गल्स टेक ओभर कार्यक्रम अन्तरगत उनले आमभञ्ज्याङ स्वास्थ्य चौकिको ईन्चार्ज सन्देश घिमिरे को पद ग्रहण गरेकी हुन् । ग्रामिण महिला सेवा केन्द्रकी कोषाध्यक्ष देबकी चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरगढी गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन प्रमुख आतिथ्यता , वडा नम्बर ५ का अध्यक्ष दिपेश दहाल वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण प्रसाद बजगाँई , स्वास्थ्य शाखा प्रमख धुर्ब प्रसाद लामिछाने, नेपाल पत्रकार महासंघ मकवानपुरका सह सचिव एम पि शर्मा लगायतकाको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा बोल्नु हुदै प्रमख अतिथि एबं पालिका उपाध्यक्ष पाख्रिनले गल्र्स टेक ओभर कार्यक्रमले किशोरीहरुको नेतृत्व क्षमता बिकास गर्ने बताउनु भयो । उहाँले नेपाली समाजमा बालिका तथा किशोरीहरु माथी बिभिन्न किसिमका बिभेद भईरहेका र बिभेद चिर्न शिक्षा र चेतनाको आबश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दहाल र वडा नम्बर ६ का अध्यक्ष कृष्ण प्रसाद बजगाईले वडा कार्यालयबाट स्वास्थ्य क्षेत्रमा भएको कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । स्वास्थ शाखा प्रमुख धुर्बप्रसाद लामिछानेले गाउँ पालिकाको स्वास्थ सेवा प्रभाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा ग्रामिण महिला सेवा केन्दका सञ्चार सहजकर्ता अमिर दहाल, सामाजिक परिचालिका शारदा चौलागाई ,आमभञ्ज्याङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु, सिओसी ब्यबस्थापन समिति, युवा संजालका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।